खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



खराब मौसमले ८ हेलिकप्टर अझै रोकिए, दुईवटा काठमाडौं आइपुगे


 संवाददाता   September 17, 2019   872 जनाले पढ़िसके




२०७६ भदौ ३१ गते
प्रतिकूल मौसमका कारण बाटोमै रोकिएका परेका हेलिकप्टरमध्ये दुई वटा हेलिकप्टर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।
हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार सिम्रिक एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काठमाडौंमा अवतरण भएका हुन् । अन्य ८ हेलिकप्टर भने अनुकूल मौसमको पर्खाइमा छन् ।
कुन हेलिकप्टर कहाँ छ ?
सिम्रिकका स् खरिखोला – १, बनेपा ( २
अल्टिच्यूड एयर स् रोसीखोला – १
कैलाश होलिकप्टर स् धुलिखेल – १
श्री एयर स् रामेछाप – १
मनाङ एयर स् बासा, सोलुखुम्बु – १
फिस्टेल एयर स् बासा, सोलुखुम्बु – १
यसबाहेक नेपालमा रहेका अन्य कुनै पनि हेलिकप्टर नउडेको सोसाइटीले उल्लेख गरेको छ । बाँकी हेलिकप्टर काठमाडौं तथा पोखरामा ग्राउण्डमै रहेका छन् ।
अनलाइनखबर