खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



खुम्बुमा विदेशी पर्यटक समस्यामा


 संवाददाता   September 17, 2019   157 जनाले पढ़िसके




सोलुखुम्बु भाद्र ३१, २०७६
लगातार चौथो दिन पनि जहाज उडान हुन नसकेपछि सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका विदेशी बिचल्लीमा परेका छन् । मौसम सुधारको अपेक्षामा रहेका सयौ“ विदेशी पर्यटक, मौसम थप खराब भएपछि समस्यामा परेका हुन् ।
चौथो दिन आज पनि लुक्लाबाट कुनै जहाज उड्न नसकेपछि त्यहा“ रहेका सा“ढे ३ सय विदेशी पर्यटक अन्यौलमा परेका हुन् । आज बिहानैबाट मौसम अझ बिग्रीएपछि केही दिन उडान हुने सम्भावना न्यून रहेको तारा एयरको सम्पर्क कार्यालयले जनाएको छ ।
बाक्लो कुहिरोसगै सिमसिमे वर्षा जारी रहेकाले विमानस्थलमा हेलिकप्टर पनि अवतरण गर्न नसक्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।
सिजन सुरु हुनै लाग्दा १ साता अघि खुम्बु क्षेत्र पुगेका विदेशी पर्यटक लुक्लाबाट फर्कन नसकेका हुन् । दैनिक २५ विमानको उडान हुने लुक्ला विमानस्थलमा शुक्रबारबाट बिमान अवतरण हुन सकेका छैनन् ।