खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दशैं, तिहार र छठ पर्वको अवसरमा हवाई टिकेटमा छुट


 संवाददाता   September 16, 2019   438 जनाले पढ़िसके




भाद्र ३०, २०७६
वायुसेवा कम्पनीहरुले आसन्न दशैं, तिहार र छठ पर्वको अवसरमा हवाई टिकेटमा छुट दिने भएका छन् । वायुसेवा सञ्चालक संघ नेपालको आइतबार बसेको बैठकले सम्बन्धित वायुसेवा कम्पनीको काउण्टरबाटै टिकेट खरिद गर्दा सामान्य भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
छुट दिने समयावधी असोज १२ गतेदेखि कार्तिक १७ गतेसम्मको हुने संघले जनाएको छ । नियमित उडान सञ्चालन गर्ने संघका सदस्य वायुसेवा कम्पनीले विमानस्थल कर र इन्धनको मुल्यमा वाहेकको रकममा १० प्रतिशत छुट दिन लागेको अध्यक्ष रामेश्वर थापाले जानकारी दिनुभयो ।