खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ ।


 संवाददाता   September 15, 2019   351 जनाले पढ़िसके




पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ । त्यसैको एउटा उदहारण हो ‘तिम्रो सहर’ । यसै गीतको म्युजिक भिडियो (ट्रेलर) सार्वजनिक भएको छ । फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोको ट्रेलर हेर्दा कुनै एक्सन चलचित्रको ट्रेलर हेरेको अनुभब हुन्छ ।

भिडियोमा अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई ,मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा ,लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई सम्पादक तथा निर्देशक निसान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा आफुले नयाँ प्रयोग गरेको बताउने निर्देशक घिमिरे भन्छन ‘तिम्रो सहर म्युजिक भिडियो दर्शकहरुको लागि बिशेस रहनेछ’

सन्तोस कालिकोटेको स्वर ,यमन सुबेदीको शब्द तथा मनोजराज सिवाकोटीको संगीत रहेको गीतलाई एरेजं किरण कंडेलले गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन ,बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।