खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



युनाइटेड मिशन टु नेपाल सुनसरी क्लस्टरको वार्षिक समिक्षा


 संवाददाता   September 14, 2019   206 जनाले पढ़िसके




शुक्रबार , भदौ २७, २०७६

 

युनाइटेड मिशन टु नेपाल सुनसरी क्लस्टरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । इटहरीको वाइ डि सि को सभा हलमा सम्पन्न कार्यक्रममा बिभिन्न अतिथिहरुको उपस्तिथिमा सुनसरी यु एम एन सुनसरी क्लस्टरको टिम लिडर बाल कुमारी पुन राइको अध्यक्षतामा प्रारम्भ भएको थियो ।
युनाइटेड मिशन टु नेपालसँग साझेदार सस्थाहरुको उपस्तिथीमा सम्पन्न कार्यक्रममा सात वटा सस्थाहरुले प्रतिबेदन प्रस्तुत गरेका थिए । सुन्दर समाज निर्माण समुह धरान , नयाँ जीवन समाज सेवा इटहरी, नेपाल चेलीपेटी अपाङ्ग महिला समाज सुन्सरी , राष्ट्रिय सामुदायिक बिकास केन्द्र बिराटनगर, चन्द्रमुखी क्लब सुनसरी र सामुदायिक बिकास मन्च लेटाङले प्रतिबेदन प्रस्तुत गरेका थिए । सुरुवातमा नै युनाइटेड मिशन टु नेपालले आफ्नो प्रतिबेदन प्रस्तुत गरेको थियो । युनाइटेड मिशन टु नेपालले आफ्ना साझेदार सस्थाहरुलाई बिधागत सम्मान पत्र प्रदान गरेको थियो । निजी स्रोत पहिचान गर्न सबै भन्दा अग्रसर रहेको सस्थाको रुपमा राष्ट्रिय सामुदायिक बिकास केन्द्र बिराटनगरलाई , उत्कृष्ट प्रतिबेदन लेखनमा नेपाल चेलीपेटी अपाङ्ग महिला समाज , उत्कृष्ट सफलताको कथा लेखनमा राष्ट्रिय सामुदायिक बिकास केन्द्र बिराटनगरका किशोर लुइटेल, सफलता पूर्वक राम्रो समन्वय गरेका सस्था द्वय सुन्दर समाज धरान , सामुदायिक बिकास केन्द्र बिराटनगर र उत्कृष्ट प्रस्तुतिमा सुन्दर समाज धरानलाई सम्मान पत्र प्रदान गरिएको थियो । युनाइटेड मिशन टु नेपाल सुनसरी क्लस्टर आगामी बर्षबाट बहिर्गमन हुनेभएता पनि साझेदर सस्थाहरुले पहिलेको अवस्थाबाट अहिलेको अवस्थामा प्रगती भएको देखेर खुशी ब्यक्त गर्दै युनाइटेड मिशन टु नेपाल सुनसरी क्लस्टर टिम लिडर पुन राइले कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।