खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भाषा जोगिये मात्र हाम्रो पहिचान, सस्कृति जोगिन्छ, लक्ष्मी माली


 संवाददाता   September 14, 2019   308 जनाले पढ़िसके




भाषा जोगाउनुपर्छ अनि मात्र पहिचान जोगिन्छ ः प्रमुख माली
नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा तथा साहित्य बिभाग प्रमुख लक्ष्मी मालीले राज्यले धेरै वर्ष हाम्रो मातृभाषा दबाएर राखेको बताइन् । शनिबार तामाङ घेदुङ केन्द्रीय कार्यालयको सभाहलमा तामाङ डाजाङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनीले सो कुरा व्यक्त गरेका हुन् ।
प्रमुख मालीले भनिन्– ‘हाम्रो मौलिक भाषा जोगाउनुपर्छ अनि मात्र पहिचान जोगिन्छ ।’
कार्यक्रममा पूर्व राजदुत एवं डाजाङका संरक्षक डा. गणेश योन्जनले अहिलेसम्म डाजाङले गरेको साहित्यिक यात्रा सह्रनिय रहेको बताए । तर, प्रभावकारी चाहिँ नभएको उनको ठम्याई छ । उनले अब स्थानीय सरकारसँग समन्वय गरी गाउँगाउँबाट साहित्यका रचनाहरु आउनुपर्ने बताएका छन् ।
डाजाङका संरक्षक निमाग्याम्छो बलले संस्था अझै निरन्तर अगाडि बढाउन एक ढिक्क भएर अघि बढ्नुपर्ने बताए ।
तामाङ ग्योइ थेन ग्योइकाइदा छानौ लाइ ! तामाङ ब्रिखेन गिक तासि ब्राइ ! नारा बोकेको संस्थाले १८ वर्षदेखि तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । तामाङ साहित्य लेखनमा जोड, तामाङ भाषा लेखन मानिकिकरणको विकास तथा अभ्यास गर्दै पाइलाहरु अगाडि बढाइरहेको छ । डाजाङले प्रारम्भदेखि नै मासिक रुपमा निरन्तर तामाङ भाषामा ंसाहित्यिक गोष्ठी (ग्योइकाइ गेताङ) को आयोजना र मासिक पत्रिका तामाङ डाजाङ प्रकाशन गर्दै आइरहेको छ ।
डाजाङको १८९ औं ग्योइकाइ गेताङ भने सम्पन्न भएको छ ।
बन्दसत्रबाट नयाँ कार्यसमिति चयन गर्न नसकिएपछि असोज ११ गतेका लागि अधिवेशनको मिति तोकिएको छ । सोही दिन डाजाङले नयाँ कार्यसमिति पाउनेछ ।