खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



काठमाडौंमा अन्तर बिद्यालय स्तरिय कबिता, डान्स प्रतियोगिता मा क्रमश, इच्छा गूरुङ्, प्रशुन बडाल् प्रथम बने


 संवाददाता   September 13, 2019   686 जनाले पढ़िसके




अन्तर विद्यालय स्तरीय ‘नृत्य तथा राष्ट्रियता’ विषयक कविता वाचन प्रतियोगितामा कवितामा होली एञ्जेल पब्लिक स्कुलका विद्यार्थी इच्छा गुरुङ र नृत्यमा टाइमलाइन स्कूलका विद्यार्थी प्रशुन बडाल प्रथम भएका छन् ।
बिहीबार काठमाडौं, नयाँबस्तीस्थित टाइमलाइन स्कूलको सभाहलमा नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र नं. ३ द्धारा आयोजित प्रतियोगितामा ८ विद्यालयका १६ जना विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रममा हास्य कवि शैलेन्द्र सिंखडाले नयाँ पिंढीले नयाँ सोचका साथ अगाडि बढेकोमा बधाई दिदै सृष्टिमा पहिलो नृत्य सुरु भएको बताए । उनले थपे, नृत्यको भाषा विश्वले बुझ्न सक्छ ।
कविता र नृत्यले नयाँ नयाँ सृजनात्मक सृजना गरेको संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले बताए ।
भोला धरातलले कविता वाचन गर्दै यस्तो कार्यक्रमले नयाँ पिंढीलाई इट्टा थप्ने काम गरेको बताए ।
यसैगरी डा.बाजुराम पौडेल, रामप्रसाद बराल, भोला रिजालले साहित्य क्षेत्रको भविष्य फराकिलो रहेको बताएका छन् ।
कवितातर्फ बालगीतान्जली स्कुलका प्रशान्त बुढाथोकी द्वितीय र गणेश हिमाल स्कुलका विद्यार्थी सदिक्षा खड्का तृतिय भएका छन् ।
यसैगरी नृत्यमा बाल गीतान्जलीकै विद्यार्थी गोकुल महत द्वितिय र गोकर्णेश्वर लाइटका कृष्ण दुलाल तृतिय भएका छन् ।
प्रतियोगिताको नृत्यतर्फ बाल बाटिका स्कूल, विश्व शिक्षा सदन, ग्रिनतारा स्कूल, होली एञ्जेल स्कूल, ब्राइट जोन एकेडेमी, गणेश हिमाल स्कूल, गोकर्णेश्वर लाइट एकेडेमी, बाल गीताञ्जली र टाइम लाइन स्कूलले भाग लिएको थिए ।
यसैगरी कविता वाचनतर्फ गोकर्णेश्वर लाइट एकेडेमी, टाइमलाइन, ग्रिनतारा चाइल्ड हेभन, बालबाटिका इंग्लीस, गणेश हिमाल, बाल गीताञ्जली र होली एञ्जेल्स स्कूलले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा बाजुराम पौडेल, गणेश खतिवडा र लक्ष्मी रुम्बा रहेका थिए ।
‘नृत्य हाम्रो अभिमान, कला र संस्कृतिका पहिचान’ भन्ने मुल नाराका साथ स्थापना गरेको संघको नयाँ कार्यसमिति चयन भएपछिको यो पहिलो कार्यक्रम भएको अध्यक्ष बुद्ध लामाले बताए ।